सुदूरपश्चिमको मुख्यमन्त्री शाहलाई बनाउने कांग्रेसको तयारी
विज्ञापन
No data was found

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

__________ विज्ञापन____________

कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेश गर्ने तयारी गरेका हुन् । कांग्रेसका एक शिर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

\

__________ विज्ञापन____________

‘राजनीतिक समीकरण फेरिएपछि छोटो अवधिमै उहाँले हट्नुपरेको थियो । त्यही कारण उहाँले चाहेअनुसार काम गर्न पाउनुभएन,’ ती नेताले भने, ‘अहिले उहाँकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको छ । बाँकी निर्णय प्रदेश संसदीय दलको बैठकले गर्छ ।’

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिएका छन् । देउवाको निर्देशनपछि उनका भतिजा समेत रहेका प्रकाशबहादुर देउवा पनि धनगढी फर्किएका छन् ।

कांग्रेसका नेता र प्रदेश सभा सदस्यहरुले शाहलाई मुख्यमन्त्री बनाउने निर्णयमा सभापति पुगेको बताएपनि औपचारिक रुपमा धारणा दिन मानेका छैनन् । तर मुख्यमन्त्री शाह बन्ने पक्कापक्की भएको उनीहरु बताउँछन् ।

यो सँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

स्रोतकाअनुसार पार्टी सभापति देउवाले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भतिजा प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोजेका थिए तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहो¥याउन निर्देशन दिएका हुन् ।

शाहलाई मुख्यमन्त्री बनाउने निर्णय आइतबार बिहान ११ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बौनिया स्केटिङ्ग पार्क संचालनमा ,पालिका उपाध्यक्ष गिरिले गरे उद्घाटन

बर्दगोरिया गाउँपालिका देखि मोहन्याल गाउँपालिका वडा नं १ तल्लापानी जाने बस सेवा सुरु..

खुल्ला क्रिकेट प्रतियोगिता सुरु आयाेजककाे विजयी सुरुवात

नवजीवन सहकारीको जोशीपुरमा सहकारी सचेतना कार्यक्रम सम्पन्न

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न….

राजमार्गमा दृष्य एक, पीडा अनेक

३ दिन झण्डा आधा झुकाइनेम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता