जापानमा बस्ने नेपालीले ल्याएको रहरैमा चर्चामा 
विज्ञापन
No data was found

साउन १५/ काठमाडौँ : जापानमा बस्ने नेपालीले ल्याएको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ ।

__________ विज्ञापन____________

नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज गीत रहरैमा यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो  ।

पछिल्लो समय तिजको छेको पारेर  भड्किला गीतहरू  आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तिज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो ।  उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् ।

__________ विज्ञापन____________

जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीत मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तिजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तिज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन । कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ ,तुलसा सापकोटा ,अविरल अधिकारी ,इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बौनिया स्केटिङ्ग पार्क संचालनमा ,पालिका उपाध्यक्ष गिरिले गरे उद्घाटन

बर्दगोरिया गाउँपालिका देखि मोहन्याल गाउँपालिका वडा नं १ तल्लापानी जाने बस सेवा सुरु..

खुल्ला क्रिकेट प्रतियोगिता सुरु आयाेजककाे विजयी सुरुवात

नवजीवन सहकारीको जोशीपुरमा सहकारी सचेतना कार्यक्रम सम्पन्न

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न….

राजमार्गमा दृष्य एक, पीडा अनेक

३ दिन झण्डा आधा झुकाइनेम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता