‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट काठमाडौँ आए दयाहाङ र मिरुना
विज्ञापन
No data was found

काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् । तर अभिनेता  दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् ।

__________ विज्ञापन____________

दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । बीग मुभिजमा आयोजना भयो प्रिमियरमा सहभागी हुन फिल्मको छायाङ्कन रोकेर आएका हुन् । फिल्मको प्रिमियरका लागि यति लामो यात्रा ? रातोपाटीले दयाहाङलाई प्रश्न राखेको थियो । जवाफमा दयाहाङले आफ्नो फिल्मको प्रिमिएरमा कलाकारले जसरी पनि सहभागी हुनुपर्ने धारणा राखे ।

प्रिमियरका कलाकार सहभागी हुँदामा निर्माण युनिटमा हौसला मिल्ने उनले बताए । ‘प्रिमिएरका लागि भनेर हामी मंगलबार राती ११ बजे रुकुमबाट हिँडेका थियौँ । पोखराबाट भने प्लेनमा आयौँ,’ दयाहाङले भने ‘मिरुना २ दिनदेखि बिरामी छिन् । अनिदो अवस्थामा प्रिमियरमा आइपुगेका छौं ।’
अभिनेत्री मिरुनाले आफ्नो फिल्म हलमा लाग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । फिल्मले दर्शकको मन जित्ने उनको विश्वास रहेको छ । साँझ ४ः३० भनिएको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु हुन पुगेको थियो । फिल्मको अवधि ३ घण्टा भएको प्रिमियर मध्य रातमा मात्र सकियो ।
फिल्मको प्रिमियरमा सहभागी भएर दयाहाङ र मिरुना बिहीबार बिहानै रुकुमतर्फ लागेका छन् । फिल्म ‘घर ज्वाँई’को छायाङ्कनलाई निरन्तरता दिन उनीहरू त्यसतर्फ लागेका हुन् ।

फिल्म ‘रङ्गेली’मा दयाहाङ र मिरुनाको मुख्य भूमिका छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको समेत अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।

__________ विज्ञापन____________

स्रोत :रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बौनिया स्केटिङ्ग पार्क संचालनमा ,पालिका उपाध्यक्ष गिरिले गरे उद्घाटन

बर्दगोरिया गाउँपालिका देखि मोहन्याल गाउँपालिका वडा नं १ तल्लापानी जाने बस सेवा सुरु..

खुल्ला क्रिकेट प्रतियोगिता सुरु आयाेजककाे विजयी सुरुवात

नवजीवन सहकारीको जोशीपुरमा सहकारी सचेतना कार्यक्रम सम्पन्न

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न….

राजमार्गमा दृष्य एक, पीडा अनेक

३ दिन झण्डा आधा झुकाइनेम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता