कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा […]