सुदूरपश्चिममा राज्यमन्त्री सहित ९ जना ले खाए सपथ ग्ररण
धनगढीः सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले सपथ खाएका छन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ खाएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाएका छन्। त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ खुवाएका छन्। नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला […]
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले शपथ लिए
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। हिजो (आइतबार) साँझ मात्र मुख्यमन्त्रीमा नियुक्त शाहले आज (सोमबार) शपथ लिएका हुन्। मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपिनियताको शपथ खुवाएका हुन्। आजै मन्त्रीमण्डलले समेत पुर्णता पाउने बताइएको छ।
सुदूरपश्चिममा मन्त्रालय भागबन्डा टुंगियो
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दल कांग्रेस र एमाले बीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ। मुख्यमन्त्री आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय काङ्ग्रेसको भागमा पर्दा भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउने भनेको छ । सबै […]
सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशोर चौधरी मन्त्री बन्दै
२१ साउन : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमल बहादुर शाहले सोमबार दिउँसो पद […]
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। एमाले काँग्रेस गठबन्धनबाट आइतवार मुख्यमन्त्री नियुक्त भएका उनको अपराह्न ४ बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको शाहको सचिवालयले जनाएको छ। दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमवार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ। सात सदस्यीय […]